लगानी कडाइले गाडी र घर जग्गाको कारोबार प्रभावित

 भै र हवा– बैंकले लगानी गर्न कडाइ गरपछि त्यसको े प्रत्यक्ष असर गाडी र घरजग्गाको कारोबारमा पर्न थालेको छ । जिल्लामा भइरहेको घरजग्गाको कारोबार शिथिल बन्दै गएको छ भने भन्सारबाट गाडी आयात प्रायःठप्प छ ।

नेपाल भित्रिने क्रम बढेको बेलामाबैंकको लगानीमा कडाइपछि भैरहवा नाकाबाट गाडी आयात अति न्यून भएको छ । एलसी खोले रआयात गरिएका गाडीहरू बैंकको लगानी कडाइले भन्सारसमेत नगराई सीमावर्ती भारतको सुनौलीस्थित खाली जमिनमा थुप्रिएका छन्। यसबाट भैरहवा भन्सारको राजस्व असुलीसमे तप्रभावित भएको छ । ‘सबैभन्दा धे र ै योगदान रहेको गाडीको आयात कम भएपछि भन्सार राजस्व प्रभावित भएको छ,’ भैरहवा भन्सार कार्यालय प्रमुख भूपालराज शाक्यले भने, ‘अतिकम संख्यामा मात्रै गाडी पास भएकाछन्।’ गाडीको भन्सार पास नगर्नुको कारण सोध्दा बैंकले लगानी नगरपछि ेभन्सार गर्न पैसा नभएको जवाफआउने गरको े उनले बताए । गत
आवको माघ मसान्तसम्म भैरहवाभन्सारको कुल राजस्व २५ अर्ब ६० करोड रुपैया“मध्ये सवारी साधनको योगदान १२ अर्ब १३ करोड थियो।चालु आवको माघ मसान्तसम्म संकलित ३८ अर्ब ५२ करोड कुलर ाजस्वमध्ये सवारी साधनको योगदान २० अर्ब २८ करोड छ । चालु आवको मंसिरसम्म ५० प्रतिशतभन्दा धे र ैसवारी साधनको राजस्वमा योगदान रहेकामा पुसमा ३७, माघमा ४२ र फागुनको ८ सम्म २३ प्रतिशत योगदान छ ।यसैगरी रुपन्देहीको घरजग्गा कारोबार पनि बैंकले लगानीमा कडाइ गरपछि शिथिल बन्न थाले ेको छ । भैरहवा, बुटवल, तिलोत्तमा नगरपालिका, देवदह, लुम्बिनी,सैनामैना नगरपालिका क्षेत्रलाई व्यवस्थित गर्दै आधुनिक सहरमा
परिणत गर्न धमाधम भौतिक पूर्वाधार तयार हुन थालेपछि अन्य जिल्लाबाट बसाइ र व्यवसायका लागि आकर्षकस्थल बनेकाले घर जग्गाका कारोबार दिन प्रतिदिन फस्टाएको थियो। हाल यो व्यवसाय सेलाएको छ । ‘अब ठूला उद्योग र व्यवसायका लागि जग्गा पाउन सहज र सुलभ हुने भएकाले औद्योगिक लगानी भित्रिने े
सम्भावना धे र ैछ,’ सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले भने।जग्गा किनबेचका लागि मालपोत कार्यालयमा हुने भीडभाड र चहलपहल घटदो छ । मालपोत कार्यालय भैरहवाको तथ्यांकअनुसार पुस महिनामा घर जग्गाको कारोबारबाट ८ करोड १७ लाख रुपैया“ राजस्व असुली भएकामा माघमा ५ करोड २२ लाख
रफागुन १९ सम्म २ करोड २० लाख रुपैया“ मात्रै भएको छ । बुटवलको मालपोत कार्यालयमा पनि पुसमा ५ करोड ९९ लाख रुपैया“ राजस्व पुगेकामा माघमा ४ करोड ८४ लाख पुगेको छ । मालपोत कार्यालय बुटवलका प्रमुख यादवराज पाण्डेले घरजग्गा किनबेचबाट बुटवल क्षेत्रमा पहिला दैनिक ५०÷६० लाख रुपैया“ र ाजस्व हुने गरकामा हाल आधाले े घटेको बताए ।