जग्गाको क्षेत्रफल कसरी नाप्ने ?

 जग्गा/जमिनको कारोबार गर्दा त्यसको क्षेत्रफल मापन अनिवार्य हुन्छ । वर्गफिट वा वर्गमिटर जग्गा मापनको सर्वमान्य इकाई हो । तर स्थानपिच्छे जमिनको क्षेत्रफल नाप्ने तरिका वा इकाई फरक हुन सक्छ । नेपालमा प्रायः जग्गाको क्षेत्रफल तराईमा एउटा र पहाडी भेगमा अर्को मानक इकाईमा नाप्ने गरिन्छ । तराईमा क्रमशः कुनुवा, धुर, कठ्ठा र बिघामा जग्गा नापिन्छ । त्यस्तै, पहाडी क्षेत्रमा दाम, पैसा, आना र रोपनी जग्गा मापन गरिने आधारभूत इकाईको रूपमा चलिआएका छन् । यी इकाईलाई तल दिइएको तालिकाका आधारमा विश्वव्यापी सर्वमान्य इकाई (वर्गफिट वा वर्गमिटर) सँग रूपान्तरण गरेर जग्गा वा घडेरीको क्षेत्रफल कति हुन्छ वा कसरी नापिन्छ भन्ने बुझ्न सकिन्छ ।

क्षेत्रफल रूपान्तर तालिका

१ धुर = २.१२९६ पैसा                 १ आना = १.८७७७ धुर

१ रोपनी = १.५०२३ कठ्ठा            १ बिघा = १३.३१२६ रोपनी

१ हेक्टर = २.४७११ एकर

    इकाई     वर्गफिट     वर्गमिटर
    १ दाम     २१.३९     १.९९
    १ पैसा (४ दाम)     ८५.५६     ७.९५
    १ अाना (४ पैसा)     ३४२.२५     ३१.७९
    १ राेपनी (१६ अाना)     ५४७६     ५०८.७४

 

    इकाई     वर्गफिट     वर्गमिटर
   १ वर्ग यार्ड    ९    ०.८३६१
   १ कुनुवा    ९.११    ०.८५
   १ धुर (२० कुनुवा)     १८२.२५     १६.९३
   १ कठ्ठा (२० धुर)     ३६४५     ३३८.६३
   १ बिघा (२० कठ्ठा)     ७२९००     ६७७२.६३
   १ एकर     ४३५६०     ४०४६.८६
    १ हेक्टर     १०७६३४.५४     १०,०००

 

source: propertytoday